• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

वाइडबडी खरिदबारे अहिले बोल्दिन, पछि बोल्छु– पर्यटनमन्त्री अधिकारी




काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफूलाई वाइड बडी जहाज खरिदमा दोषी देखाएर लेखा समितिले प्रतिवेदन दिएपछि त्यस विषयमा अहिले आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

यस प्रकरणमा आफ्नो संलग्नताबारे आफूले अहिले नै केही नबोल्ने प्रतिक्रिया उनले दिएका हुन् । भैरहवामा रहेका मन्त्री अधिकारीले त्यहाँका पत्रकारले गरेको अन्तर्वार्ताको प्रयासमा यस्तो बताएका हुन् । लेखा समितिको छानबीन उपसमितिले भ्रष्टाचारमा उनको संलग्नता नै किटान गरेको छ । उनलाई कारबाही गर्न सो उपसमितिले निर्देशन नै दिएको छ । त्यस घटनामा आफूले अहिले नै केही नबोल्ने भनी पर्यटन मन्त्री अधिकारीले बताएका भैरहवाबाट न्युजपोलारका समाचारदाताले बताएका छन् । उक्त उपसमितिले आज सो प्रतिवेदन बुझाएपछि उनको विरुद्धमा सामाजिक सञ्जालमा व्यापक मात्रामा विरोध आएको छ ।

आफूले आवश्यक परे पछि बोल्ने उनको प्रतिक्रिया थियो । अधिकारीले वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिएमा आफूले मन्त्रीबाट राजिनामा दिने मात्र होइन कि राजनीतिबाट सन्यास लिने केही समयअघि एक अन्तर्वार्तामा बताएका थिए ।
नेपाल वायु सेवा निगमले एयरबस कम्पनीका दुई वटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले प्रतिवेदन तयार पारी आज बुझाएको छ । उपसमितिले बुधबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलाई बुझाएको छ ।