• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम



काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।

सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष मुद्दा हार्ने गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकार पक्षका मुद्दामा सरकारी वकिललाई प्रभावकारी रुपमा बहस गराउनको लागि तालीम दिएको बताउनुभयो ।

“विश्वविद्यालयको पाठ्यक्रममा कानूनका सामान्य कुरा मात्र पढाइ हुन्छ । मुद्दासम्बन्धी केन्द्रित गरेर पढाइ हँुदैन” उहाँले भन्नुभयो, “त्यसैले सरकारी पक्षबाट मुद्दा लड्ने सरकारी वकिललाई प्रभावकारी रुपमा प्रस्तुत हुनका लागि तालीम आयोजना गरिएको हो ।

कार्यालयका प्रवक्तासमेत रहनुभएका रेग्मीले तालीमपछि सरकारी पक्षका मुद्दा प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार पञ्चवर्षीय योजनामा कार्यालयले संवैधानिक कानून, राजश्व कानून, भ्रष्टाचारसम्बन्धी कानून, सङ्गठित अपराध, बैंकिङ कसुर, साइवर अपराध र कर्मचारीको सेवासम्बन्धी कानूनमा तालीम दिइने छ ।

कार्यालयले जनसरोकारका अदालतमा बढी मुद्दा पर्ने विषयमा तालीम दिइएको हो । कार्यालयले १५ दिनको पाठ्यक्रम बनाएर ३० वटा कक्षा सञ्चालन गर्ने गरेको छ ।

उहाँले अब तीन वर्षभित्र २५ जनाका दरले बाँकी छ वटा विषयमा तालीम दिइने बताउनुभयो । कार्यालयले विषयगत प्राथमिकताका आधारमा तालीम सञ्चालन गरेको छ ।
रासस