• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

शेयर बजार-घट्ने क्रम जारी



काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर रु २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार दुई दशमलव ७९ र लघुवित्त छ दशमलव ५९ बिन्दुले बढेका छन् । बैंकिङ चार दशमलव ४४, होटल पाँच दशमलव ७९, विकास बैंक तीन दशमलव शून्य एक, जलविद्युत् १२ दशमलव ६२, वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा आठ दशमलव ४३, उत्पादन नौ दशमलव २१, अन्य पाँच दशमलव ६८, जीवन बीमा ६८ दशमलव ३९ बिन्दुले घटेका छन् ।

घटेको बजारमा कालिका लघुबित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अरुण काबेली पावर लिमिटेड, हाथवे फाइनान्स कम्पनी, गुराँस फाइनान्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।