७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जको बाघ चिडियाखाना लगियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार एउटा बाघ सदर चिडियाखाना ललितपुर लगिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२५ बयरघारीबाट उक्त बाघ नियन्त्रणमा लिइएको थियो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार उक्त बाघले स्थानीयवासीका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेकोले निकुञ्जका प्राविधिक, कर्मचारी र सुरक्षाकर्मीको दुई दिनको प्रयासपछि नियन्त्रणमा लिइएको थियो

स्थानीय व्यक्तिको बकाइनाको जङ्गलमा बाघ चार दिनदेखि बस्दै आएको अन्दाजी दुई वर्ष छ महीनाको सो बाघ माउबाट छुटेपछि क्षेत्र विस्तार गर्ने क्रममा त्यहाँ पुगेको अनुमान गरिएको छ । अन्यत्र लगेर छाड्दा समेत समस्या हुनसक्ने देखिएपछि चिडियाखाना लगिएको हो । डार्ट गरेर बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको थियो ।