६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पविरामको लघुकथा सङ्ग्रह : अनुभूतिका रङ्गहरू सार्वजनिक



अ+ अ-

गण्डकी । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गर्नुभयो ।

आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उहाँले मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताउनुभयो । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उहाँले बताउनुभयो ।

साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउँदै लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको उल्लेख गर्नुभयो । कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाउँदै समाजमा देखे भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेको बताउनुभयो ।

अप्पविरामका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्ईरश्वर छैनन् गरी दुई कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी दुईवटा मुक्तक सङ्ग्रह प्रकाशित छन् । साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताउनुभयो । लघुकथा समाज, प्रदेश नं १ की अध्यक्ष ममता मृदुल, लघुकथा प्रतिष्ठान पोखराका संस्थाका सचिव कल्याण पन्त, सदस्य रुपिन्द्र प्रभावी, सदस्य विष्णु बाँस्तोला लगायतले लघुकथाको साहित्यिक महत्वका विषयमा आफ्ना धारणा राख्नुभयो । रासस




भर्खरै