७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस अन्तिम साता



अ+ अ-

काठमाडौँ । पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते यही पुस अन्तिम साता हुने भएको छ ।

नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २० औँ वार्षिकोत्सवका अवसरमा पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही २६ गतेदेखि शुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका करीब दुई हजार खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७ ७५, ८४ केजी तौल समूह र एकल काता गरी १५ इभेन्टस् हुनेछ । त्यस्तै महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४० तथा महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७ ६८ किलो तौल समूहमा र एकल काता गरी १५ इभेन्टस् गरी कूल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी दिनुभयो । प्रतियोगिता दुई दिन चल्नेछ ।