१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, प्रधानमन्त्रीको सम्बोधन अकस्मात स्थगित 



अ+ अ-


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे संसदको तल्लो सदन, प्रतिनिधिसभमा सम्बोधन गर्ने भनिएको कार्यक्रम अकस्मात स्थगित भएको छ । प्रतिनिधि सभाको बैठकमा आज गर्ने भनेको विशेष सम्बोधन एकाएक स्थगित गरेका छन् र त्यसपछि संसद बैठक सुरु भएको छ ।

आजको बैठकमा आफूले बोल्ने भन्दै सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्रीले समय माग गरेकोमा एकाएक बिहान ११ बजेपछि त्यो कार्यक्रम स्थगित भएको समाचार प्रधानमन्त्री कार्यालयबाट आएको हो । आज संसदमा बोल्न तयारी नपुगेकोले र अर्को दिन बोल्ने भन्दै आज सम्बोधन नगर्ने जानकारी गराएको संसद सचिवालय स्रोतले बतायो । तर प्रधानमन्त्री कार्यालयको स्रोतले प्रधानमन्त्रीले अपरान्ह सम्बोधन गर्न पनि सक्ने बताएको छ । तर समय मागेको छैन ।