७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरै सरकार हुदाँ मेलम्चीको पानी पिउन पाइन्छ: प्रधानमन्त्री ओली



अ+ अ-

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रगतिमा सरकारले बढाइरहेको बताएका छन् ।

ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना पनि चिल्लो सडकमा जापानी कार दौडिएजस्तै गरेर अघि बढिरहेको दावी गरे ।

ओलीले भने ‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ ढुक्क हुनुस तपाइले मेरै सरकारहुदाँ मेलम्चीको पानी पिउन पाउनु हुन्छ ।

उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने ।

इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।