• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

रातीको उडानमा एक्ली यात्री थिइन् यी युवती, सात सदस्यसँग खिचिन् सेल्फी



चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग असम्भव नै छ । तर लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।

लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर २०२० फ्लाइटमा बसिन् पनि । लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।

लोइसाले खाली विमानको तस्बिर खिचिन् । उनले विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचेकी छिन् । उक्त फोटोलाई लोइसाले फेसबुकमा सेयर गरिन् । जब उनी मनिलामा उत्रिइन् तब कनवेयर बेल्टमा पनि उनको मात्रै लगेज थियो ।

लोइसाको फेसबुकमा उनी पिटिभीकी समाचार रिपोर्टर भएको जानकारी उल्लेख छ ।

यसअघि पनि केरन ग्रीव नामकी एक महिलाले यस्तै एक्लै यात्रा गर्ने मौका पाएकी थिइन् ।

एजेन्सी