७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समसामयिक विषयमा संसदमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद मार्फतसरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता जिएमआर कम्पनीलाई कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिनुभयो ।

नेपालको राष्ट्रिय हित र सहमतिअनुसार उक्त परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरियोस् भन्दै उहाँले कानून विपरित कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका डा डिला सङ्ग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको तथा निर्मला पन्तका हत्यारालाई पनि सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउनुभयो । उहाँले देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै शान्तिसुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीले रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी ९हुवावे०लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी किन दिइएको हो भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई हेक्का गर्न आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले प्यूठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले बस्ती पहिरोको जोखिममा रहेको हुँदा त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् भन्नुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २०४१ सालसम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको उक्त जग्गा पुनः सार्वजनिकरूपमै कायम हुनुपर्ने माग गर्नुभयो ।

नेकपाका सत्या पहाडीले डोल्पामा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गर्न माग गर्नुभयो ।

नेपाली काङ्ग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराइयोस् भन्नुभयो ।

नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत पर्ने आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गर्नुभयो ।

नेकपाका टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र सो सडकको स्तरोन्नतिका लागि माग गर्नुभयो ।
रासस