३० कार्तिक २०८१, शुक्रबार
,
Latest
आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि: मन्त्री खड्का स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय भवन निर्माण



अ+ अ-

मेलम्ची । स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका–४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।

वडा कार्यालयको भवननिर्माण सम्पन्न भएपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले बुधबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्नुभयो ।

वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिका–४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको छ ।स्थानीयतह निर्वाचन भएसँगै गाउँगाउँमा सिंहदरबारका अधिकार आएको भन्दै सांसद सापकोटाले जनतालाई सहज र सरलरुपमा सेवा दिनका लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले भवन निर्माणका लागि रु ४२ लाख रकम विनियोजन गरेपछि वडाको केन्द्र अदमारामा कार्यालयको भवन निर्माण गरिएको वडाध्यक्ष कालीप्रसाद तामाङले बताउनुभयो । छ आना जग्गामा सात कोठे सुविधासम्पन्न भवन निर्माण भएपछि सामान्य कामका लागि स्थानीय जनतालाई बलेफी बजार झर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताउनुभयो । वडा कार्यालयको भवन नहुँदा ५ नम्बर वडास्थित बलेफी बजारमै अस्थायीरुपमा ४ नम्बर वडाको कार्यालय सञ्चालन हुँदै आएको थियो । रासस