५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

कालो पट्टी बाँधेर उत्रिएको भारतीय टोली पहिलो दिन बलियो स्थितिमा

कालो पट्टी बाँधेर उत्रिएको भारतीय टोली पहिलो दिन बलियो स्थितिमा
अ+ अ-

काठमाडौँ । अस्ट्रेलियासँगको अन्तिम तथा चौथो टेष्ट क्रिकेटको पहिलो दिनको समाप्तिमा भारतले ४ विकेट गुमाउँदै ३०४ रन बनाएको छ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चेतेश्वर पुजाराको शतकीय इनिङ्ससँगै ४ विकेट गुमाएर पहिलो दिनको समाप्तिसम्म ३०४ रन बनाएको हो।
पहिलो दिनको समाप्तिमा पुजारा १३० र हनुमा विहारी ३९ रन बनाएर क्रिजमा छन्।
भारतका लागि ओपनर मयङ्क अग्रवालले ७७, के एल राहुलले ९, कप्तान विराट कोहलीले २३ तथा अजिन्का रहाणेले १८ रन जोडेका थिए।

पुजाराले आफ्नो चौथो टेस्ट म्याचमा तेस्रो शतक पुरा गरेका हुन्। एडिलेडमा पहिले टेस्ट म्याचमा उनले १२३ रन बनाएका थिए भने मेलबर्नमा भएको तेस्रो टेस्टमा १०६ रनको पारी खेलेका थिए।
चार खेलको टेस्ट क्रिकेट शृंखलामा भारत २-१ ले अघि छ। भारतले अहिलेसम्म अष्ट्रेलियाविरूद्ध उसकै गृह मैदानमा सिरिज जितेको छैन।

१० रन हुँदा पहिलो विकेटको गुमाएको भारतले सुरूवात खराब गरेको थियो।
मयङ्क अग्रवालसँगै ओपनिङमा आएका के।एल। राहुलले दोस्रो ओभरको तेस्रो बलमा ९ रन बनाउँदै आउट भएका थिए।
त्यसपछि मयङ्कले चेतेश्वर पुजारासँग मिलेर भारतीय इनिङ्स उकासे। ११२ बल खेल्दै ७७ रन बनाएर मयंक आउट भए उनले ७ चौका र दुई छक्का प्रहार गरेका थिए।

मयंक अग्रवालले हालै बक्सिङ डे टेस्ट म्याचमा डेब्यू गर्दै सानदार ७६ रन बनाएका थिए।

कालो पट्टी बाँधेर उत्रियो भारतीय टोली

सचिन तेन्दुलकर, विनोद कांबली र प्रवीण आमरे जस्ता क्रिकेटरका कोचसमेत रहेका रमाकान्त अचरेकरको निधनमा भारत र अष्ट्रेलिया दुबै टिमका खेलाडीहरू उनको सम्मान गर्दै बायाँ हातमा कालो पट्टी बाँधेर मैदान उत्रिएका छन्।
भारतले यस खेलमा स्पिनर रविचन्द्रन अश्विन र तिब्र गतिका बलर ईशान्त शर्मालाई आराम दिएको छ।

यस्तै अस्ट्रेलियाले पनि आफ्नो टिममा केही परिवर्तन गरेको छ। अस्ट्रेलियाले एरन फिन्च र मिचेल मार्शको स्थानमा मार्नस लेबस्केग्नी र पीटर ह्याड्सकम्बलाई खेलाइएको छ।

चारतीय टोलीका लागि स्पिनको जिम्मेवारी अब कुलदीप यादव र रविन्द्र जडेजाले सम्हाल्नेछन्।
यस्तै तिब्र बलिङमा मोहम्मद शामी र जसप्रीत बुमराहले भूमिका निभाउनेछन्।