३० कार्तिक २०८१, शुक्रबार
,
Latest
स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि: मन्त्री खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल बिरुद्द भिड्दै म्यानचेस्टर सिटी



अ+ अ-

 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल बिच खेल हुने भएको छ । बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधि होडमा निकै महत्वपूर्ण हुनेछ ।

जारी लिगमा एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको खेलले महत्वका साथ हेरिएको छ । यसअघि लिगमा लिभरपुल र सिटि आमने सामुने हुदाँ गोलरहित बराबरी खेलेका थिए ।

२० खेलमा ५४ अंकसहित शीर्ष स्थानमा रहेको लिभरपुल र ४७ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीचको खेलले लिगमा भविष्य निर्धारण गर्न भूमिका खेल्नेछ । एक खेल बढी खेलेको टोटनह्याम ४८ अंकसहित दोस्रो स्थानमा छ ।

२०१४ अप्रिल २० मा म्यानचेस्टर सिटीभन्दा लिभरपुल ९ अंकले अघि थियो । तर, अन्तिममा सिटीले लिग जितेको थियो ।

आजको खेलमा लिभरपुलभन्दा पछि परेकाले पनि बिहीबारको खेलमा म्यानचेस्टर सिटीलाई जितको दबाव हुने छ । लिभरपुललाई भने जित निकाल्न नसकेपनि बराबरीले नै ठूलो राहत दिने छ ।