५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

बैंकलाई ब्रोकर लाइसेन्स, प्रक्रिया पुर्याउनै समय लाग्ने

बैंकलाई ब्रोकर लाइसेन्स, प्रक्रिया पुर्याउनै समय लाग्ने
अ+ अ-


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ ।

बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई गराई अनुमति लिनुपर्नेछ । प्रक्रियाअनुसार राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा धितोपत्र दलाल व्यवसाय गर्ने उद्देश्यसहितको कम्पनी दर्ता गर्नुपर्नेछ ।

ती सबै प्रक्रिया पूरा गरेपछि मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउनुपर्नेछ । स्टकले तोकिएको मापदण्डअनुसारको कार्यालय तथा अन्य भौतिक पूर्वाधार भए नभएको स्थलगतरूपमा अनुगमन गरेर ठीक छ भन्ने प्रतिवेदन दिनुपर्नेछ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यक प्रक्रिया पूरा गरेर आएका कम्पनीलाई विद्यमान नियम र कानूनको परिधिमा रहेर स्वीकृति दिन आफूहरू तयार रहेको बताउनुभयो ।

कानूनीरूपमा दर्ता भएका, कूल चुक्ता पूँजी पूरा भएका र नेपाल राष्ट्र बैंकले अनुमति दिएका वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायको कारोवार गर्ने अनुमति दिन समस्या नरहेको प्रवक्ता पराजुलीको भनाइ छ ।

स्टकले आवश्यक प्रक्रिया पूरा गरेपछि त्यस्ता कम्पनीले बोर्डबाट थप स्वीकृति लिनुपर्नेछ । बोर्डले अनुमति दिएपछि मात्रै धितोपत्र दलाल व्यवसायीको रूपमा कारोवार गर्न पाउनेछन् ।

त्यस्तो कम्पनी दर्ताका लागि रु २० लाख चुक्ता पूँजी भएको कम्पनी दर्ता भएको हुनुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एशिया र सिटिजन बैंकले मात्रै धितोपत्र दलाल व्यवसायको कारोवार गर्न अनुमति पाउँ भन्दै आवेदन दिएका छन् ।

अन्य बैंकले समेत वार्षिक साधारणसभामा सहायक कम्पनी स्थापनाको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । हाल ‘क’ वर्गका वाणिज्य बैंक २८ रहेका छन् । नयाँ दर्ता हुने कम्पनीमा बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यसरी स्थापना भएका कम्पनीले भने आफ्नो मातृ कम्पनीको शेयर कारोवार गर्न भने पाउने छैन ।

धितोपत्र दलाल व्यवसाय गर्न स्थापना हुने त्यस्ता कम्पनीको नियमन भने राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गर्नेछन् । अर्थमन्त्री डा युवराज खतिवडाले गत मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको कार्यदलले समेत ‘क’ वर्गका बैंकलाई धितोपत्र दलाल व्यवसाय गर्न अनुमतिपत्र दिनुपर्ने सुझाव दिएको छ ।

राष्ट्र बैंकले धितोपत्र बजारको अभिवृद्धि र विस्तारका लागि बैंकलाई उक्त अनुमति पत्र दिनुपर्ने व्यवस्था चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै राखेको छ ।

बोर्डले बुधबार दिएको निर्देशनमा प्रक्रिया पूरा गरेका बैंकलाई धितोपत्र दलाल व्यवसायीको अनुमति पत्र दिने प्रक्रिया मिलाउन स्टकलाई निर्देशन दिएको थियो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरीद बिक्री गर्न पाउने गरी अनुमतिपत्र ९ब्रोकर लाइसेन्स० प्रदान गर्न निर्देशन दिएको हो ।

बोर्डले त्यस्तो अनुमतिपत्र प्रदान गर्न तथा यसअघि सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिकरूपमा सक्रिय जिल्ला तथा स्थानमा समेत धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन स्टकलाई निर्देशक दिएको छ ।

बोर्डले कारोवार सूचकाङ्क नेप्से परिसूचकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन, बजार प्रभावित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत आग्रह गरेको छ ।

यस्तै लगानीकर्ताको हितका लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न तथा धितोपत्र बजारका लगानीकर्ताका हित संरक्षणका लागि कानूनी प्रबन्धसहितको व्यवस्थाका बारेमा समीक्षा गर्नसमेत भनिएको छ ।
रासस