१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः आज एक खेल



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको जावलाखेल पहिलो जितको खोजीमा हुनेछ । 

यसैगरी पहिलो खेलमा डर्बी क्लब त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको पुलिस पनि पहिलो जितको खोजीमा हुनेछ । 

दुबै टिम स्पष्ट जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्ने रणनीतिका साथ मैदान उत्रनेछन् ।