१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध युएईले बनायो १२७ रन



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालसमक्ष संंयुक्त अरब इमिरेट्स(युएई) ले पहिले ब्याटिङ गर्दै १२७ रन बनाएको छ । दुबईको आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १२७ रन बनायो ।  

युएईका लागि चानभी सेनेविरत्नाले सर्वाधिक ५२ रन बनाइन् । छत्तीस बल खेलेकी उनले सात चौकाको मद्दतमा उक्त रन बनाएकी हुन् । उनलाई २० औँ ओभरको चौथो बलमा नेपालकी कविता कुँवरले बोल्ड गरेकी हुन् । यस्तै अन्य ब्याटरमा तीर्था सतीशले ४७ तथा केभिस इगोडागेले २२ रन बनाइन् । 

नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले समान १ विकेट लिए । अहिले नेपालले दोस्रो इनिङमा ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले पहिलो ओभरमा बिना विकेट ७ रन बनाएको छ ।