२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध युएईले बनायो १२७ रन



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालसमक्ष संंयुक्त अरब इमिरेट्स(युएई) ले पहिले ब्याटिङ गर्दै १२७ रन बनाएको छ । दुबईको आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १२७ रन बनायो ।  

युएईका लागि चानभी सेनेविरत्नाले सर्वाधिक ५२ रन बनाइन् । छत्तीस बल खेलेकी उनले सात चौकाको मद्दतमा उक्त रन बनाएकी हुन् । उनलाई २० औँ ओभरको चौथो बलमा नेपालकी कविता कुँवरले बोल्ड गरेकी हुन् । यस्तै अन्य ब्याटरमा तीर्था सतीशले ४७ तथा केभिस इगोडागेले २२ रन बनाइन् । 

नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले समान १ विकेट लिए । अहिले नेपालले दोस्रो इनिङमा ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले पहिलो ओभरमा बिना विकेट ७ रन बनाएको छ ।