६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

कोशीमा पानीजहाज चलाउँछु, खर र परालको छानो हटाएर घरमा जस्तापाता लगाइदिन्छु: प्रधानमन्त्री अाेली

कोशीमा पानीजहाज चलाउँछु, खर र परालको छानो हटाएर घरमा जस्तापाता लगाइदिन्छु: प्रधानमन्त्री अाेली
अ+ अ-

मिक्लाजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।

पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए ।

“मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ”, प्रधानमन्त्री ओलीले भने, “सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।” निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताएका छन् ।

मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उहाँले पुरातात्विक पुनःनिर्माणसमेत द्रुत हुने बताए । कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।” विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे । आजै उद्घाटन भएको पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बलेको छ ।


कार्यक्रमका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश सरकारको मेरूदण्डका रूपमा रहेको भेडेटार–रवि–राँके सडक कालोपत्रे हुने सुनिश्चितता भएसँगै प्रदेश नं १ पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताएका छन् ।

उनले भेडेटार–रवि–राँके सडकको मध्यविन्दु रविलाई झापाको दमकसम्म जोड्ने दमक चिसापानी रवि सडकको समेत चाँडै शिलान्यास हुने जानकारी दिँदै सरकारले देखाएको सपना पूरा गर्न आफ्नो मन्त्रालय ठोस कार्ययोजना तयार पारेर अघि बढिरहेको बताए । मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भइसक्दा चार जिल्लाका बासिन्दाले राहत पाउनेछन् ।

भ्याट र पिएससहित रू तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ लागतमा एक सय किलोमिटर पक्की सडक बन्नेछ । एप्को इन्फ्राटेक प्रालि लखनौ भारतले निर्माण गर्न लागेको उक्त सडक सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँके सडक आयोजनाले कार्यान्वयन गर्नेछ ।

उक्त आयोजना गत मङ्सिर ३ गते सम्झौता भएकामा तीन वर्षभित्र सम्पन्न हुनेछ । सात मिटर कालोपत्रे र दुवैतर्फ एक एक मिटरसहित दुई लेनको सडक निर्माण हुने ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालि लखनौ भारतका डाइरेक्टर राजु सिंहले जानकारी दिए । सडक कालोपत्रेका लागि एक्जिम बैंक अफ इण्डियाले ८७ र नेपाल सरकारले १३ प्रतिशत लगानी गर्ने जनाएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले कोशी र मेची जोड्ने सो सडकले यहाँको समृद्धिको ढोका खोल्ने बताए । सो अवसरमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएका थियो ।