१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक परिवर्तन गरेको छ ।  केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवको राजीनामालाई स्वीकृत गर्दै उनको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको हो ।

यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए । सभापति शेरबहादुर देउवाले उनको राजीनामा स्वीकृत गरेका छन् । यादवले आफूले विवादास्पद अवस्थामा पार्टीको महाधिवेशन गराउन नसक्ने भन्दै पटक–पटक पदबाट राजीनामा दिँदै आएका थिए ।

निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि दबाबमा सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् । समितिको संयोजकको जिम्मेवारी पाएका घिमिरे यसअघि पनि निर्वाचन समितिकै सदस्य थिए ।

कांग्रेसको जिल्ला अधिवेशन जारी छ भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ ।