२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक परिवर्तन गरेको छ ।  केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवको राजीनामालाई स्वीकृत गर्दै उनको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको हो ।

यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए । सभापति शेरबहादुर देउवाले उनको राजीनामा स्वीकृत गरेका छन् । यादवले आफूले विवादास्पद अवस्थामा पार्टीको महाधिवेशन गराउन नसक्ने भन्दै पटक–पटक पदबाट राजीनामा दिँदै आएका थिए ।

निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि दबाबमा सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् । समितिको संयोजकको जिम्मेवारी पाएका घिमिरे यसअघि पनि निर्वाचन समितिकै सदस्य थिए ।

कांग्रेसको जिल्ला अधिवेशन जारी छ भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ ।