• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउँछौँ : महासङ्घ




भक्तपुर, निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ भक्तपुरको यहाँ आज भएको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारको अभियानमा सफल पार्न निर्माण व्यवसायी सदैव अग्रसर रहने उहाँले बताउनुभयो ।

विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमीकमजोरी भएको दाबी गर्दै उहाँले यस्ता कमीकमजोरीलाई हटाएर गुणस्तरीय र तीव्र विकासका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न महासङ्घ सदैव तयार भएको भनाइ राख्नुभयो ।

महासङ्घका अध्यक्ष सिंहले सरकारले निर्माण सामग्रीको आयातमा भएको ‘कार्टेलिङ’को अन्त्य गर्न माग गर्दै यसले निर्माण सामग्रीका मूल्य जथाभावी वृद्धि गर्दा समस्या आएको बताउनुभयो । कारले वृद्धि गरेको करको मारमा व्यवसायी परेको भनाइ राख्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारलाई कर बुझाउनुपर्ने नियम हटाउन सरकारसँग माग गर्नुभयो ।

निर्माणमा ढिलाइ हुनु व्यवसायीको मात्रै कारण नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “सडकमा भएको एउटा रुख काट्नेदेखि विद्युत्को पोल हटाउने प्रक्रिया पूरा गर्न १२ महीना लाग्छ, अनि १८ महीनामा कसरी निर्माण सम्पन्न हुन्छ, झण्झटिलो सरकारी प्रक्रियाको अन्त्य भए निर्माण समयमै सकिन्छ ।”

(रासस)