![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/arrested1.jpg)
काठमाडौं । काठमाडौंको कुलेश्वरमा गाडी जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रकाउ पर्नेमा सिन्धुली झाँगाझोली गाउँपालिका–७ घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।
आइतबार बेलुका बा. २ ख ६५२४ नम्बरको निसान गाडी जाँच गर्ने क्रममा दुई सय रुपैयाँ घुस दिन खोजेको आरोपमा गाडी चालक श्रेष्ठलाई पक्राउ गरेको प्रहरी वृत कालिमाटीले जनाएको छ ।
घुस दिन खोजेको दुई सय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।