• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा



काठमाडौँ । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् ।

नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन ।

सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार रहेकामा यही पुस १ गतेसम्म पाँच वर्ष नाघेका दुई हजार २०७ तथा तीन वर्ष नाघेका मुद्दा पाँच हजार ६०० छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसदीय सुनुवाइका क्रममा आफ्नो कार्यकालमा पुराना मुद्दालाई यथाशीघ्र फैसला गर्ने योजना बनाइएको जानकारी दिँदै भन्नुभयो, “कुन मुद्दा फछर्योट गर्न कति समय लाग्छ, त्यो हिसाबले मुद्दा फछ्र्योटलाई अनुमनयोग्य बनाएर पुराना मुद्दालाई जतिसक्दो छिटो फछर्योटमा मेरो ध्यानकेन्द्रित हुनेछ ।”

उक्त अदालतमा नेपालको संविधान जारी हुनुभन्दा अगाडि प्रधानन्यायाधीशसहित १५ जना न्यायाधीश रहने व्यवस्था थियो । त्यस समयमा पनि कूल मुद्दा सङ्ख्या २२ हजारकै हाराहारीमा हुने गरेको थियो ।

न्यायाधीशको सङ्ख्या बढे पनि उत्साहजनक रुपमा मुद्दाको किनारा लगाउन सकेको पाइँदैन । प्रधानन्यायाधीश राणाले मुद्दाको विषयवस्तु, सङ्घीयतासम्बन्धी र राष्ट्रिय महत्वका विषयमा शीघ्र किनारा हुनेगरी मुद्दा निराकरण गरिने र त्यसमा वृद्धा, बालबालिका र बन्दीका मुद्दालाई प्राथमिकता दिइने कार्ययोजनामा उल्लेख छ ।

निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र यही पुस १७ गते र न्यायाधीश सारदाप्रसाद घिमिरेको पनि २२ गतेखेखि उमेरदका कारण अवकाश भएपछि उक्त अदालतमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश छन् ।

न्यायाधीशहरुको अवसकासपछि तत्काल पदपूर्ति नहुनाले पनि मुद्दा फैसला हुनसकेको छैन । अहिले चार न्यायाधीशको पद रिक्त छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायका अनुसार रिक्त स्थानमा न्यायाधीशको पदपूर्ति तत्काल नहुँदा पनि मुद्दाको फैसलामा असर पर्ने गरेको छ ।