• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त, अनुसन्धान प्रमुख दिलिपराज रेग्मी हटाइए



काठमाडौं । अष्ट्रेलियाका लागि विवादास्पद नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको मन्त्रिपरिषद स्राेतले जनाएकाे छ ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग उहाँका निजी चालकसँग भएकाे लेनदेन विवादका विषयमा स्पष्टीकरण सोधेको थियो । साथै उहाँमाथि मानव बेचबिखनमा संलग्न रहेकाे र कतिपय मानिसलाइ अस्ट्रेलिया र अमेरिका लगिदिने भन्दै पैसा उठाएकाे अाराेप छ । यद्यपी शेर्पाले उक्त भनाइकाे खण्डन गर्नुभएकाे छ ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएको छ । मन्त्रिपरिषदले रेग्मीकाे स्थानमा गणेश अधिकारीलार्इ नियुक्त गरेकाे बताइएकाे छ ।