५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नै चाहँदैन’क्लिन फिड’ लागू गर्न



अ+ अ-

काठमाडौं । केपी ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषदले २०७३ साउन ७ मा विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन गर्न नपाउने नीति(क्लिन फिड) लागू गर्ने निर्णय गरेको थियो। अर्को सरकारले उक्त निर्णय कार्यान्वयन गरेन।
हाल ओली नेतृत्वकै सरकारले तयार पारेको विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा क्लिन फिड कार्यान्वयन हुने अपेक्षा सरोकारवालाले गरेका थिए। यो अपेक्षा र ओली नेतृत्वको पहिलेको निर्णयविपरीत विधेयकमा क्लिन फिड व्यवस्था गरेन। यसलाई छल्न घुमाउरो बाटो रोजिएको छ।
‘क्लिन फिडका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गर्नेछ। सूचना प्रकाशन भएपछि मात्रै क्लिन फिड लागवू हुनेछ’, विधेयकमा भनिएको छ। सरोकारवालाहरू भने सरकारले क्लिन फिड लागू नगर्न यस्तो चलखेल गरेको आरोप लगाउँछन्। कान्तिपुर दैनिकमा खबर छ ।
‘विज्ञापन नियमन गर्ने विधेयक भएपछि विदेशी च्यानलको विज्ञापन पनि यसैले नियमन गर्नुपर्ने हो तर त्यसलाई छल्न राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने प्रावधान छ’, नेपाल विज्ञापन संघका अध्यक्ष शशि रिजालले भने, ‘यो प्रावधानले सरकारले क्लिन फिड लागू नगर्ने शंका बढाएको छ।’