• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

पौने २ करोडसहित कर्मचारी फरार



काठमाडौं । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्।
प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो । खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रहम दाखिला गर्न भन्दै पत्र काटेको थियो। ‘तर, पाँच पटकसम्म पत्र काट्दा पनि भुक्तानी गर्न नसकेपछि आन्तरिक लेखा परीक्षक कार्यालयबाटै २४ घण्टाभित्रै दाखिला गर्नू भनी मंसिर २० गते पत्र आयो’ पौडेलले भने, त्यसपछि दर्जीले दुई दिन बिदा लिए।
मंसिर २४ गते मात्रै कार्यालमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार कारवाही भोग्न तयार छु भनेर सनाखत गरेर जानुभएको छ।’ पौडेलका अनुसार उक्त सनाखत पत्रमा अन्य कुनैको संलग्नता नरहेको र होसहवासमै आफैले खर्च गरेको समेत स्पष्ट पारेका छन्। ‘तर, मंसिर २५ गतेबाटै सम्पर्कमा नआएपछि दर्जीको खोजी भइरहेको छ।’ उनले भने।