![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/kp-and-dahal.jpg)
काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिदमा भएको अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समाचार कान्तिपुर दैनिकमा छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई ‘नैतिक जिम्मेवारी’ लिन निर्देशन दिदैँ कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । मन्त्रीहरुलाइ जोगाएर कर्मचारीहरुलाइ मात्र कारबाहीको भागीदार बनाउन प्रतिवेदनमा केही संशोधन गरी भाषा मिलाइएको थियो ।