६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सहुलियत कर्जा शुरु, राष्ट्रिय वाणिज्य बैंक १ नम्बरमा

सहुलियत कर्जा शुरु, राष्ट्रिय वाणिज्य बैंक १ नम्बरमा
अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठले बताए ।

सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ । कार्यक्रम शुभारम्भको क्रममा बैंकका अध्यक्षसमेत रहेका सचिव गुरुङले सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ । अधिकारीले सात लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । त्यस्तै, लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई पाँच लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो ।

यस्तो सहुलियत कर्जा सात विविध क्षेत्रमा दिइन्छ । व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितका लागि आवास कर्जाजस्ता बिनाधितो कर्जाको प्रकृतिअनुसार तीन लाखदेखि अधिकतम १० लाखसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरिएको छ । महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षी पालनका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । १० लाख माथिको कर्जा लिन भने कम्पनी दर्तादेखि ऋण लिने अरू नियमित प्रक्रिया पूरा गर्नुपर्ने सीईओ श्रेष्ठले बताए ।

बैंकहरूले सहुलियत ब्याजदरमा दिने कर्जाको बिमा गराउने व्यवस्था छ । यसका लागि निक्षेप तथा कर्जा सुरक्षण निगमसँग सम्झौता हुन्छ । सुरक्षणको प्रिमियम सरकारले ७० प्रतिशत र बैंकले ३० प्रतिशत अनुपातमा तिर्छन् । ‘नवीन सोच र व्यवसायको अवधारणा भएका र बैंकले सकार्ने धितो नरहेका व्यक्तिले यो कर्जाको उपयोग गरेर आफूलाई उद्यमी बनाउन सक्छन्’, सीईओ श्रेष्ठले भने, ‘सरकारले ब्याजदरमा सहुलियत दिएर उद्यमशील समाज निर्माण गर्न चाहेको छ । यसलाई सघाउन राष्ट्रिय वाणिज्य बैंकले विशेष अभियान सञ्चालन गर्छ ।’ बैंकले उद्यम गर्न चाहाने, नवीन सोच भएका युवालाई कर्जा लिन पहल गर्न आह्वान समेत गरेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।