१४ भाद्र २०८३, आईतवार
,
Latest
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु



अ+ अ-

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हँुदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको छ । छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् ।

यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।

सुंपानीदेखि दुनैसम्म १४ किलोमिटर मोटरबाटोलाई थप तीन मिटर चौडा गरेर सडक विभागको ग्रिडबमोजिमको सडक बनाउने कामलाई सोमबारबाट शुरुआत गरेर १०० मिटर जति आजै बनाइसकेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

सुंपानीदेखि दुनैसम्मको सडकखण्डको ट्र्याक खुलेर जीप निर्वाधरुपमा सञ्चालन भएपनि १४ विभिन्न नदी तथा खोलामा मोटर सञ्चालन हुने पुल निर्माण नभएसम्म डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सञ्जालले छोएपनि यात्रुले सास्ती भोगिरहने छन् ।

यो बाटो विगत १० वर्ष अगाडिदेखि निर्माण शुरु भई ट्र्याक खुलेसँगै खण्ड–खण्ड गरी जिप सेवा सञ्चालन हँुदै आएको छ । महँगो भाडा तिरेर र ठाउँ–ठाउँमा पुल नहुँदा विभिन्न ठाउँमा वारिपारि पैदल हिँडेर भए पनि स्थानीयवासीले यात्रा गर्दै आइरहेका छन् । मोटरबाटो निर्माण शुरु भएपछि सुंपानीदेखि दुनैसम्मको बाटोमा पनि ढुक्कसँग यात्रा गर्न पाइने आशा स्थानीयवासीको छ । रासस