१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापन गर्ने भएको छ । सरकारले उक्त रसायन व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीका अनुसार मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’ छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता जनाएको छ। उनले सो रसायनको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यक्रम तय गरेर रसायनलाई शून्य बनाउने जानकारी दिए।

नेपालले सन् २०१३ मा मर्करी जस्ता विषादि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो। तर हालसम्म उक्त रसायनको प्रयोग उच्च रुपमा नेपालमा हुदैँ आईरहेको थियो ।