७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई. लाइफ इन्स्योरेन्स र महालक्ष्मी बैंक बिच इस्योरेन्स सम्झौता



अ+ अ-

काठमाण्डौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बिच बैंक इस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक इस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र महालक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने हस्ताक्षर गरेका हुन् ।

सम्झौत पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताएका छन् ।

आई.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्नो शाखाहरुमार्फत सेवाप्रदानगर्दै आइरहेको छ । भने बिभिन्न आई.एम. ईले १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण,नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनिले बताएको छ ।