४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको चाहनामा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता भएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा राईलाई न्यूयोर्कको स्थायी प्रतिनिधि बनाइएको स्रोतले जनाएको छ ।