७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वर्षीया महिलामाथि ‘ग्याङ्ग रेप’



अ+ अ-

काठमाडौं । बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।

बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरे ।

अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निस्कासित गरेको छ ।

पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबर्जस्ती प्रवेश गरे । ति व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ति व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।

खबरहरुका अनुसार त्यस दिन ति महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिन लगायतले विपक्षी दलको उम्मेदवारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ति महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो । जो मध्यराति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए ।

सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

बंगलादेशको विपक्षी पार्टी बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०का नेता मिर्जा फखरुल अस्लाले पीडित महिलालाई भेटेपछि भने, ‘चुनावपछि भएका आक्रमणमा धेरै नेता कार्यकर्ताहरु घाइते भएका छन् । यतिसम्म कि चार बच्चाको आमालाई पनि छोडिएन । उनलाई ग्याङ्ग रेप गरियो ।’

सत्तारुढ अवामी लिगका स्थानीय नेताले आफ्नो पार्टी र आफ्ना समर्थकहरुमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । तर, प्रहरीमा उजुरी परेपछि आरोपी राहुल अमिनलाई पार्टीबाट निस्कासित गरिएको छ ।

गत डिसेम्बर महिनामा भएको निर्वाचनमा विजयी भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो पटक सत्तामा पुगेकी छन् । उनको पार्टी अवामी लिग र सहयोगी दलले ३०० भन्दा बढी सिट जितेका छन् । तर, विपक्षी गठबन्धनले केबल सात सिट जितेको छ ।

विपक्षीले चुनावमा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको छ । तर, निर्वाचन आयोगले धाँधली भएको भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।