६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

जनताले खिच्न नसकेको राष्ट्रपतिको ध्यान, पहेँलपुर तोरीले खिच्यो

जनताले खिच्न नसकेको  राष्ट्रपतिको ध्यान, पहेँलपुर तोरीले खिच्यो
अ+ अ-

भद्रपुर । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा। यो सबै बीउको लागि हो।’

यो प्रसङ्ग थियो पुस १८ गतेको। राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आएकी थिइन्। हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उनले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गरेकी थिइन्।

हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो। सो अवधिमा उनले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राखेकी थिइन्। यतिबेला सहकारीले पाँच बिघा जमीनमा लगाएको तोरीले राष्ट्रपति जस्तै सबैको ध्यान खिंचेको छ। अहिले यहाँ तोरीको फूल फुलेर पहेंलपुर भएको छ।

कृषि परियोजनाको अवलोकन भ्रमणका लागि देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिकजसो यहाँ आउने गरेका छन्। यहाँ आउने जो कोहीले तोरीबारीमा सेल्फी र सामूहिक फोटो खिचाउने गरेको सहकारी संस्थाका अध्यक्ष ढकालले बताउ। ‘‘हामीले विभिन्न खालका कृषिजन्य वस्तुको खेती गरेका छौं’, उनले भने, ‘तर बारीमा पहेंलपुर फुलेको तारीले सबैको ध्यान खिंचेको छ।’

‘‘सहकारीले सिजन अनुसारको खेती गर्छ, तर सहकारीले उत्पादन गरेको धान, मकै, गहुँ, तोरीलगायतका कृषिजन्य वस्तु बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको छ’, अध्यक्ष ढकालको भनाइ छ। ‘‘गत वर्ष तीन बिगाहामा लगाएको तोरीको बीउको माग बढेकाले यसपालि बढाएर पाँच बिगाहामा लगाएका छौँ’, अध्यक्ष ढकालले भने, ‘हामीसँग उत्पादित वस्तुको ‘ग्रेडिङ’ उद्योेग पनि छ। बिउको ग्रेडिङ गरेर बजार पठाउँछौँ। यहाँ उत्पादित तोरीको बीउ, इलाम, मोरङ, सुनसरी, सिरहा सप्तारीसम्म माग हुने गरेको छ।’

विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको यस संस्था विसं २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो। ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ जना महिला शेयर सदस्य रहेका छन्।

संस्थाको चुक्ता शेयर पूँजी रु दुई करोड ७१ लाख ९६ हजार, कूल आन्तरिक पूँजी रु १६ करोड ५७ लाख ८३ हजार र कर्जा लगानी २८ करोड ९५ लाख १० हजार रहेको छ। संस्थाले ग्रामीण बचत तथा कृषि ऋण कार्यक्रम, सुपथ मूल्यको सहकारी पसल सञ्चालन, सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द, सहकारी खेती, दुग्ध सङ्कलन केन्द्र, नमूना सहकारी गाई स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, विप्रेषण ९रेमिट्यान्स० सेवा, साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम र पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ढकालले बताए।

महिला मात्र मिलेर स्थापना गरेको यस सहकारी आज देशकै नमूना हुन पुगेको गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले बताइन्। ‘‘राष्ट्रपतिले समेत महत्व दिएर अवलोकन गरेको सहकारी सायद पहिलो होला’, उनले भनिन्, ‘अवसर पायो भने महिलाले नमूना बनेर देखाउन सक्छन् भन्ने देशकै उदाहरणीय भएको छ यो सहकारी।’

साना किसान बैंकका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेले नेपालमा ९२० वटा साना किसान सहकारीमध्ये महिलाले सञ्चालन गरेको यो सहकारी नेपालकै उत्कृष्ट भएको बताए। उनले विसं २०७० बाट शुरु गरेको यो नमूना कृषि परियोजना अन्तर्गत सहकारीले कृषिमा फड्को मारेको बताए।

‘कृषिमा देशकै नमूना मोडल देखाउन सफल भएको छ’, उनले भने, ‘राज्यले कृषिमा लगानी बढाउनुपर्छ, समृद्ध नेपाल खुशी नेपालीको सपना बोकेको राज्यले कृषिमा लगानी बढायो भने महारानीझोडा जस्तै सहकारीले देशको अर्थतन्त्रमा कायपलट ल्याउने निश्चित छ।’

सहकारीले खेतीमार्पmत जमीनको चाक्लाबन्दी, यान्त्रीकरण, माटो परीक्षण र सुधारका क्रममा कृषि चुनको तथा जैविक मलको प्रयोग र हरियो मल बालीको खेती, कृषकबीच सामूहिक भावनाको विकाससँगै क्षमता अभिवृद्धि, उत्पादनमा वृद्धि तथा जग्गाधनी कृषकको प्रतिफल सुनिश्चित आदि गरिरहेको छ।

संस्थाले यतिबेला धान, गहुँ, मकै, तोरी, जै घाँसको बीउ उत्पादन गरिहरेको छ। सहकारीले मकैको हाइव्रिड वीउ उत्पादन गर्नुका साथै अचार उद्योग, गाईपालन, माछापालन सञ्चालन र मकैको चिउरा उद्योग स्थापना गरेको छ।

सहकारीले बागवानीतफर्त दुई बिघा क्षेत्रफलमा आँप, लिची, कागती खेती गरिरहेको अध्यक्ष ढकालको भनाइ छ। उनका अनुसार सहकारी खेती तथा सदस्य कृषकले हाल वार्षिकरुपमा उत्पादन गरेको धान, गहु, जै घाँस, तोरीसहित ४१३ मेट्रिकटन संस्थाकै प्रशोधन केन्द्रमार्पmत प्रशोधन गरी बजारीकरण गरेको छ।