२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले खिच्न नसकेको राष्ट्रपतिको ध्यान, पहेँलपुर तोरीले खिच्यो



अ+ अ-

भद्रपुर । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा। यो सबै बीउको लागि हो।’

यो प्रसङ्ग थियो पुस १८ गतेको। राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आएकी थिइन्। हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उनले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गरेकी थिइन्।

हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो। सो अवधिमा उनले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राखेकी थिइन्। यतिबेला सहकारीले पाँच बिघा जमीनमा लगाएको तोरीले राष्ट्रपति जस्तै सबैको ध्यान खिंचेको छ। अहिले यहाँ तोरीको फूल फुलेर पहेंलपुर भएको छ।

कृषि परियोजनाको अवलोकन भ्रमणका लागि देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिकजसो यहाँ आउने गरेका छन्। यहाँ आउने जो कोहीले तोरीबारीमा सेल्फी र सामूहिक फोटो खिचाउने गरेको सहकारी संस्थाका अध्यक्ष ढकालले बताउ। ‘‘हामीले विभिन्न खालका कृषिजन्य वस्तुको खेती गरेका छौं’, उनले भने, ‘तर बारीमा पहेंलपुर फुलेको तारीले सबैको ध्यान खिंचेको छ।’

‘‘सहकारीले सिजन अनुसारको खेती गर्छ, तर सहकारीले उत्पादन गरेको धान, मकै, गहुँ, तोरीलगायतका कृषिजन्य वस्तु बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको छ’, अध्यक्ष ढकालको भनाइ छ। ‘‘गत वर्ष तीन बिगाहामा लगाएको तोरीको बीउको माग बढेकाले यसपालि बढाएर पाँच बिगाहामा लगाएका छौँ’, अध्यक्ष ढकालले भने, ‘हामीसँग उत्पादित वस्तुको ‘ग्रेडिङ’ उद्योेग पनि छ। बिउको ग्रेडिङ गरेर बजार पठाउँछौँ। यहाँ उत्पादित तोरीको बीउ, इलाम, मोरङ, सुनसरी, सिरहा सप्तारीसम्म माग हुने गरेको छ।’

विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको यस संस्था विसं २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो। ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ जना महिला शेयर सदस्य रहेका छन्।

संस्थाको चुक्ता शेयर पूँजी रु दुई करोड ७१ लाख ९६ हजार, कूल आन्तरिक पूँजी रु १६ करोड ५७ लाख ८३ हजार र कर्जा लगानी २८ करोड ९५ लाख १० हजार रहेको छ। संस्थाले ग्रामीण बचत तथा कृषि ऋण कार्यक्रम, सुपथ मूल्यको सहकारी पसल सञ्चालन, सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द, सहकारी खेती, दुग्ध सङ्कलन केन्द्र, नमूना सहकारी गाई स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, विप्रेषण ९रेमिट्यान्स० सेवा, साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम र पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ढकालले बताए।

महिला मात्र मिलेर स्थापना गरेको यस सहकारी आज देशकै नमूना हुन पुगेको गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले बताइन्। ‘‘राष्ट्रपतिले समेत महत्व दिएर अवलोकन गरेको सहकारी सायद पहिलो होला’, उनले भनिन्, ‘अवसर पायो भने महिलाले नमूना बनेर देखाउन सक्छन् भन्ने देशकै उदाहरणीय भएको छ यो सहकारी।’

साना किसान बैंकका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेले नेपालमा ९२० वटा साना किसान सहकारीमध्ये महिलाले सञ्चालन गरेको यो सहकारी नेपालकै उत्कृष्ट भएको बताए। उनले विसं २०७० बाट शुरु गरेको यो नमूना कृषि परियोजना अन्तर्गत सहकारीले कृषिमा फड्को मारेको बताए।

‘कृषिमा देशकै नमूना मोडल देखाउन सफल भएको छ’, उनले भने, ‘राज्यले कृषिमा लगानी बढाउनुपर्छ, समृद्ध नेपाल खुशी नेपालीको सपना बोकेको राज्यले कृषिमा लगानी बढायो भने महारानीझोडा जस्तै सहकारीले देशको अर्थतन्त्रमा कायपलट ल्याउने निश्चित छ।’

सहकारीले खेतीमार्पmत जमीनको चाक्लाबन्दी, यान्त्रीकरण, माटो परीक्षण र सुधारका क्रममा कृषि चुनको तथा जैविक मलको प्रयोग र हरियो मल बालीको खेती, कृषकबीच सामूहिक भावनाको विकाससँगै क्षमता अभिवृद्धि, उत्पादनमा वृद्धि तथा जग्गाधनी कृषकको प्रतिफल सुनिश्चित आदि गरिरहेको छ।

संस्थाले यतिबेला धान, गहुँ, मकै, तोरी, जै घाँसको बीउ उत्पादन गरिहरेको छ। सहकारीले मकैको हाइव्रिड वीउ उत्पादन गर्नुका साथै अचार उद्योग, गाईपालन, माछापालन सञ्चालन र मकैको चिउरा उद्योग स्थापना गरेको छ।

सहकारीले बागवानीतफर्त दुई बिघा क्षेत्रफलमा आँप, लिची, कागती खेती गरिरहेको अध्यक्ष ढकालको भनाइ छ। उनका अनुसार सहकारी खेती तथा सदस्य कृषकले हाल वार्षिकरुपमा उत्पादन गरेको धान, गहु, जै घाँस, तोरीसहित ४१३ मेट्रिकटन संस्थाकै प्रशोधन केन्द्रमार्पmत प्रशोधन गरी बजारीकरण गरेको छ।




भर्खरै