५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क-कसलाई बाँडियो त्रिविको १२ सय रोपनी सरकारी जग्गा



अ+ अ-

काठमाडौं । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग तीन हजार सात सय तीन रोपनी नौ आना दुई पैसा चार दाम जग्गा थियो। मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार पाँचसय रोपनी मात्र बाँकी छ, कान्तिपुर दैनिक समाचार छ ।
पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन्। झण्डै एक हजार दुई सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने नौ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ।
करिब दुई सय रोपनीमा सार्वजनिक बाटो बनेको छ। ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौँ।’ जग्गा बाँडेको त्रिवि स्वयंले स्वीकारेको छ।
पछिल्लो सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन्। गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको स्वीकार गरे। उपकुलपति तीर्थराज खनियाँले भने विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए।