२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्काउटको प्रमुखमा भण्डारी



अ+ अ-

काठमाडौँ । सरकारले उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका महासचिव लोकबहादुर भण्डारीको संयोजकत्वमा नेपाल स्काउटको तदर्थ समिति गठन गरेको छ ।
स्काउट ६ महिनादेखि नेतृत्व विहीन थियो । युवा तथा खेलकुद मन्त्रालयले भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

भण्डारी यस अघि स्काउटको सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तदर्थ समितिमा कास्कीका शिवबहादुर भण्डारी, भक्तपुरका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण अधिकारी र धनुषाकी सीमा कर्ण छन् ।

समितिका पदाधिकारीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन । कान्तीपुर दैनिकमा खबर छ ।