१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीमाथि टोटनह्यामको संघर्षपूर्ण जित, केनको निर्णायक गोल



अ+ अ-

काठमाडौँ । काराबाओ कपको पहिलो लेगमा टोट्टनहामले चेल्सीमाथि कठिन जित हात पारेको छ । टोट्टनहामको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हरायो ।

टोट्टनहामको जितमा ह्यारी केनले गोल गरे । केनले २७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै टोट्टनहामका लागि प्रयाप्त बन्यो । चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले डिबक्समा ह्यारी केनलाई लडाएपछि टोट्टनहामले पेनाल्टीको अवसर पाएको थियो ।

रेफ्रीले भिएआरको सहयोगमा पेनाल्टी दिएका थिए । उक्त अवसरलाई केनले नै सदुपयोग गरे ।

चेल्सीले खेलको अन्तिम समयसम्म गोल गर्ने मौका बनाएपनि सफल हुन सकेन । अब चेल्सी रटोट्टनहामबीचको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ ।