५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषावाट यसरी गर्जिए नेपाल, कांग्रेस आत्तियो



अ+ अ-

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल गर्जिएका छन् । नेता नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर आतिएको आरोप लगाएका छन् ।

उनले सरकारको लोकप्रियतामाथि भएको दुष्प्रचारको पछि नलाग्न कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा आत्तिएको र निरासाको प्रवृत्ति बढेको भन्दै जोगिन कार्यकर्तालाई आग्रह गरे।

जनकपुरमा आयोजित कार्यक्रममा उनले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको बताए ।

नेता नेपालले भने, “वर्तमान सरकारको काममा केही कमी कमजोरी हुन सक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”नेता नेपालले दुई वर्ष भित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताए ।