५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले फाइभ–जीको सुरुवात नगर्दै चीन सिक्स–जी अनुसन्धानमा



अ+ अ-

विश्व फाइभ–जी मोबाइल सन्जालमा प्रवेश गर्न नपाउदैै चीन सिक्स–जी मोबाइल नेटवर्कको अनुसन्धानमा लागेको छ।

फाइभ–जी नेटवर्क यसै वर्षको अप्रिलदेखि विश्वमा प्रवेश गर्नेछ। चीनको जियाङ्सु प्रान्तस्थित साउथइस्ट यूनिभर्सिटिका प्राध्यापक यू सियायू सिक्स–जी अध्ययनका प्रमुख हुन्।

फाइभ–जी नेटवर्ककै आधारमा आफूहरु सिक्जी–जीको अध्ययनमा लागेको उनले बताए। फाइभ–जी नेटवर्कभन्दा सिक्स–जी अझ तिव्र गतिको र सुरक्षित हुने यूले जनाएका छन्।

अनुसन्धानमा कसरी मोबाइल सन्चारलाई गुणस्तरीय, छरितो र स्मार्ट बनाउन सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ। प्राध्यापक यूले भने,‘सिक्स–जी प्रविधि भित्राउन लामो समय लाग्नेछ।

व्यावसायिक प्रयोजनका लागि यस प्रविधि सन् २०३० सम्म भित्रिसक्नेछ। हामीले मात्र नभएर कैयौं कम्पनीले यसको अध्ययन थालेका छन्।’