३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

कहिल्यै नभेटेका गान्धी र आइस्टाइनले एकअर्कालाई लेखेका थिए यस्तो चर्चित पत्र

कहिल्यै नभेटेका गान्धी र आइस्टाइनले एकअर्कालाई लेखेका थिए यस्तो चर्चित पत्र
अ+ अ-

महात्मा गान्धी र वैज्ञानिक अल्बर्ट आइस्टाइन दुवै दिवंगत भइसकेका छन्। तर, दुवै इतिहास बनेर मानिसको मनमा अमर छन्।

धरातलीय हिसाबले टाढा रहे पनि गान्धी र आइस्टाइनबीच मित्रता थियो। आइस्टाइन गान्धीलाई निकै मन पराउँथे। भेट्न पनि चाहन्थे। तर, उनीहरुको भेट भने भएन।

भेट नभए पनि गान्धी र आइस्टाइनबीच पत्राचार हुने गरेको प्रमाण भने सुरक्षित छ। भारतमा रहेको गान्धी फाउन्डेसनमा सो पत्र रहेको छ।
जहाँ उनीहरुले एकअर्कालाई यसरी सम्बोधन गरेका छन् ।

आइस्टाइन लेख्छन् :


आदरणीय मिस्टर गान्धी
हाम्रो घरमा तपाईंको मित्र आएको समयलाई सदुपयोग गर्दै म तपाईंका लागि यो पत्र लेख्दै छु। तपाईंले आफ्नो कर्मबाट हिंसाबिना पनि सफल हुन सकिन्छ भन्ने कुरा प्रमाणीत गर्नुभएको छ, त्यो पनि ती व्यक्तिसँग रहेर जो हिंसाबाट अलग छैनन्। तपाईंको यो उदाहरणीय काम तपाईंको देशको सीमाभन्दा बाहिर पनि फैलन्छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल हुनेछ भन्ने मेरो आशा छ। सबैले सबैको सम्मान गरुन् र युद्ध विवादलाई साम्य पारुन्।
हार्दिक स्नेहका साथ
तपाईंको
( आइस्टाइन)
मलाई आशा छ कुनै दिन म तपाईंसँग भेट्न सक्ने छु।

गान्धीको जवाफ
लण्डन
अक्टुबर, १८, १९३१
प्यारो मित्र,
सुन्दरममार्फत तपाईंले पठाएको सुन्दर पत्र पाएर म आनन्दीत छु। मैले गरिरहेको काम तपाईंलाई मन पर्नु मेरा लागि यो निकै महत्वपूर्ण कुरा हो। म पनि कामना गर्छु कि हामी एकअर्कासँग भेट हुन सकौँ, त्यो पनि भारतमा, मेरो आश्रममा।
तपाईंको निष्ठावान,
(गन्धी)