१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सरकारी निकायले किनेका एउटै गाडीको मूल्य किन फरक फरक ?



अ+ अ-

बुटवल । सरकारी निकायले एउटै कम्पनीका उस्तै दुई गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद चर्किन थालेको छ । सांसदहरुले उक्त गाडि खरिदमा आर्थिक घोटला भएको भन्दै बिरोध गर्न थालेका छन् ।

प्रदेश नम्बर ५ कोप्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य धेरै फरक देखिएको छ । सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका छन् । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेका हुन् । प्रदेश सभाका समिति सभापतिहरुले एउटै गाडिमा दुई करोड भन्दा धेरै घोटाला भएको आशंका गरेका छन् ।