५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सरकारी निकायले किनेका एउटै गाडीको मूल्य किन फरक फरक ?



अ+ अ-

बुटवल । सरकारी निकायले एउटै कम्पनीका उस्तै दुई गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद चर्किन थालेको छ । सांसदहरुले उक्त गाडि खरिदमा आर्थिक घोटला भएको भन्दै बिरोध गर्न थालेका छन् ।

प्रदेश नम्बर ५ कोप्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य धेरै फरक देखिएको छ । सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका छन् । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेका हुन् । प्रदेश सभाका समिति सभापतिहरुले एउटै गाडिमा दुई करोड भन्दा धेरै घोटाला भएको आशंका गरेका छन् ।