२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा रु ८७ लाखको क्यान्सर उपचार उपकरण प्रदान



अ+ अ-

काठमाडौँ: जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई रु ८७ लाख नेपाली बराबरको क्यान्सर निदानसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण आज प्रदान गरेको छ ।

अस्पतालमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी धर्मपत्नी एरिको साइगोले ती सामग्रीसहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका मेडिकल उपकरणमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम(इसिजि) मेशिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपी मेशिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेशिन रहेका छन् ।

सो अस्पतालले वर्षेनी पाँच हजारभन्दा बढी क्यान्सरका बिरामीको रोग निदान गरी उपचार गर्नुका साथै विभिन्न समयमा विभिन्न ठाउँमा गएर क्यान्सर पहिचान शिविरसमेतको आयोजना गर्दै आएको कुरालाई मध्यनजर गर्दै जापान सरकारले अस्पताललाई ती उपकरण प्रदान गरेको जापानी राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

जापान सरकारले गत महीना नै ती मेडिकल उपकरण प्रदान गरेको र ती उपकरण जडान गरी त्यसबाट सेवासमेत शुरु गरिसकेको उल्लेख गर्दै अस्पतालका कार्यकारी अध्यक्ष डा श्रेष्ठले औपचारिक हस्तान्तरण कार्यक्रममात्रै आज आयोजना गरिएको बताउनुभयो ।

जापान सरकारबाट प्राप्त मेडिकल उपकरणबाट क्यान्सरका बिरामीले सुलभ क्यान्सर पहिचान (निदान) सेवा पाउने पनि कार्यकारी अध्यक्ष डा श्रेष्ठले बताउनुभयो ।