२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा रु ८७ लाखको क्यान्सर उपचार उपकरण प्रदान



अ+ अ-

काठमाडौँ: जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई रु ८७ लाख नेपाली बराबरको क्यान्सर निदानसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण आज प्रदान गरेको छ ।

अस्पतालमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी धर्मपत्नी एरिको साइगोले ती सामग्रीसहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका मेडिकल उपकरणमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम(इसिजि) मेशिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपी मेशिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेशिन रहेका छन् ।

सो अस्पतालले वर्षेनी पाँच हजारभन्दा बढी क्यान्सरका बिरामीको रोग निदान गरी उपचार गर्नुका साथै विभिन्न समयमा विभिन्न ठाउँमा गएर क्यान्सर पहिचान शिविरसमेतको आयोजना गर्दै आएको कुरालाई मध्यनजर गर्दै जापान सरकारले अस्पताललाई ती उपकरण प्रदान गरेको जापानी राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

जापान सरकारले गत महीना नै ती मेडिकल उपकरण प्रदान गरेको र ती उपकरण जडान गरी त्यसबाट सेवासमेत शुरु गरिसकेको उल्लेख गर्दै अस्पतालका कार्यकारी अध्यक्ष डा श्रेष्ठले औपचारिक हस्तान्तरण कार्यक्रममात्रै आज आयोजना गरिएको बताउनुभयो ।

जापान सरकारबाट प्राप्त मेडिकल उपकरणबाट क्यान्सरका बिरामीले सुलभ क्यान्सर पहिचान (निदान) सेवा पाउने पनि कार्यकारी अध्यक्ष डा श्रेष्ठले बताउनुभयो ।