२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल खड्काको बयान: ‘विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको छु



अ+ अ-

काठमाडौँ । भ्रष्टाचारको मुद्दाको आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् ।

अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि नै अख्तियार दुरुपयोग अनुसनधान आयोगले पुष २३ गते लिएको एक बयानमा खड्काले धमला देखी विप्लवसम्मका व्यक्तिहरुलाई १ करोडभन्दा बढी चन्दा दिएको खुलाएका थिए ।

खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण सम्पति बाहेक अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार गरेका छन् ।

अनुसन्धानको क्रममा खड्काले अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखिएको छ ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको थियो।

खड्काको बयानअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार, सुदर्शनलाई ९ लाख ९९ हजार, र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् । उनिहरुलाई सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट रकम भुक्तानी गरेको खुलाएका छन् ।

ऋषि धमलालाई पनि चन्दा

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका छन् । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलाई नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट चन्दा दिएका बताएका छन् ।

हाल खड्काको काठमाडौं विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोरोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको Good For Payment चेक, उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत समेत गरिएको छ ।