५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खरिद गरेको गाडीमा भएको अनियमितताको लेखा समितिले छानबिन गर्ने



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

अनियमितता भएको समाचार बाहिर आएपछि समितिले उक्त बिषयमा आजै बैठक जनाएको छ ।

‘इ टेण्डरमा दुई कम्पनीले भाग लिएर गाडि खरिद गरेपनि समान गाडिमा २ करोड बराबरको फरक देखिएको थियो । सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका थियो । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेका थिए ।

यो पनि पढ्नुस

http://newspolar.com/2019/01/66557