२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस स्टार एन्डी मुर्रेले आँसु झार्दै गरे सन्यासको घोषणा



अ+ अ-

पूर्व विश्व नम्बर एक टेनिस स्टार एन्डी मुर्रेले खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

बेलायती यी स्टार हिपको इन्जुरीका कारण पछिल्लो २० महिना कोर्ट बाहिर थिए । तीन पटकका ग्रान्ड्सलाम विजेता मुर्रे सन् २०१६ को अन्तिमसम्म नम्बर एक बरियतामा थिए । मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा लगातार दुई पटक स्वर्ण जिते ।

मुर्रे अहिले दुई सय ३० औं बरियतामा छन् । बरियता घटेर मुर्रेलाई पीर छैन । इन्जुरीकै समस्याले उनले सन्यास लिने सोच बनाएका हुन् । एक बर्षअघि हिपको शल्यक्रिया गरेका मुर्रे एक बर्षपछि कोर्टमा फर्किएका छन् । तर, उनलाई कोर्टमा जमेर खेल्न सक्ने विश्वास लागेको छैन ।

त्यसैले उनले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार देखि सुरु हुने अष्ट्रेलिया ओपन टेनिस खेल्न मेलबर्न पुगेका ३१ वर्षीय मुर्रेले सुक्रबार पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण आफुले सन्यासको सोच बनाएको बताए ।

पत्रकार सम्मेलनमा निकै भाुवक देखिएका मुर्रेले अष्ट्रेलियन ओपन आफ्नो लागि अन्तिम खेल हुने संकेत पनि गरे । ‘म आफै विश्वस्त छैन । चार पाँच महिना खेल्न सक्छु भनेर । मलाई अझै दुःखी रहेको छ । दुःखाई बीच खेलेपनि म आफ्नो लेभल पूरा गर्न सक्दिन’ मुर्रेले आँसु झार्दै भने । मुर्रेले अष्ट्रेलियन ओपनमा २२ औं बरियताका स्पेनिस खेलाडी रोवर्टो बाउटिस्टासँग खेल्नेछन् ।