१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ संकटमा, महामन्त्रीसहित ७ पदाधिकारीको सामुहिक राजीनामा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) का सात जना पदाधिकारीले आज पदबाट राजीनामा दिएका छन् ।

नेबिका तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर शेरबहादुर देउवालाई शुक्रबार बिहान राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

उनीहरु सबै देउवा निकटकै मानिन्छन् ।