१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलोपटक बालचिकित्सक परीक्षा सञ्चालन



अ+ अ-

काठमाडौँ: चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ ।

एमडी तह उत्तीर्ण गरेपछि बालरोगको विशेषज्ञता हासिल गर्न लिइने यो परीक्षा दिन पहिले बेलायतलगायत अन्य देशमा नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ ।

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तर्र्रािष्ट्रय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् ।

परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन् ।

आज यहाँ आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध विषयमा सहकार्य गरी अघि बढ्न अस्पताल तत्पर तत्पर रहेको बताउनुभयो ।

आरसिपिसिएचका रणनीतिक प्रमुख डा रमेश मेहताले यस किसिमको परीक्षा नेपालमा सञ्चालन हुनु गर्वको विषय भएकाले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

उहाँले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक वर्ष छ हजार बालरोग विशेषज्ञको परीक्षा लिने गरिएको समेत जानकारी दिनुभयो ।

आरसिपिसिएचका सिनियर एक्जामिनर डा मिथलेश लालले पहिलोपटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राविधिक हिसाबले समेत थप स्तरीय रहेको उल्लेख गर्नुभयो ।

आरसिपिसिएच सिनियर एक्जामिनर डा चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले पहिलोपटक यस किसिमको परीक्षा सञ्चालन गर्ने अवसर पाएको बताउँदै यसबाट नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको छ भन्नुभयो ।