१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको विद्याभूषणमा यस्तो मनपरी



अ+ अ-

काठमाडौं । स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ।
वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्।
त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ।
गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
पढाइको प्रकृतिअनुसार यी दुई थरि विद्यार्थीको मूल्यांकन तरिका फरक छ। सेमेस्टरमा उपस्थितिलाई अनिवार्य मानिन्छ। कुल एक सय पूर्णांकमा ४० प्रतिशत अभ्यासमूलक कार्य र ६० प्रतिशत सैद्धान्तिक विषयका लागि अंक दिइन्छ।
वार्षिकअन्तर्गतका विद्यार्थीको एक सय पूर्णांकमै परीक्षा लिइन्छ। सेमेस्टरमा पढेका विद्यार्थीले उच्च अंक ल्याउँछन्। अधिकतम चार जीपीएसम्म दिइन्छ। वार्षिक परीक्षाका विद्यार्थीलाई प्राप्तांकलाई प्रतिशतमा गणना गरेर नम्बर दिइन्छ।
एकै कक्षमा एकै विषय पढेका विद्यार्थीमध्ये कुुनैलाई धेरै र कुुनैलाई थोरै नम्बर दिनुु अवैज्ञानिक भएको तर्कका आधारमा सेमेस्टरमा ग्रेडिङ प्रणाली लागू गरिएको हो। पदक दिने बेलामा भने अव्यवहारिक भनेर हटाइएको पूरानो प्रणाली अपनाइएको छ। ‘त्रिविको यो शैली अवैज्ञानिक र अव्यवहारिक छ’, त्रिविकै नेपाली विषयका प्राध्यापक डा.रमेशप्रसाद भट्टराईले भने।