७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानबाट युवती हराईन, ‘भूत विवाह’ को आशंका



अ+ अ-

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ ।


‘मिंघम’ वा ‘आत्मा विवाह’ का रुपमा चिनियाँहरु शवसँग विवाह गर्छन् । शवसँग विवाह गर्दा जीवनभर मात्र नभई मृत्युपछि पनि शान्ति मिल्ने चिनियाँ विश्वास छ । विशेषगरी नवविवाहित वरबधुमध्ये एकको अचानक मृत्यु हुँदा वा पहिलो सन्तान मर्दा त्यस्तो विवाह गरिन्छ ।

१८ वर्षको उमेरमै बितेकी ती युवतीको शव त्यस्तै विवाहका लागि चोरिएको हुन सक्ने आफन्तको धारणा छ । झन्डै दुई दशकअघि चिहानमा गाडिएकी युवती हराएपछि आफन्त भावविह्वल छन् । भन्छन्, ‘उनको कफिनमा त्यस्तो मूल्यवान वस्तु केही पनि थिएन ।’


आफन्तका अनुसार केही समयअघि एक मानिस भूत विवाहका लागि युवतीको शव खरिद गर्न घरमै आएका थिए । तर उनीहरुले मानेनन् । यसअघि सन् २०१५ मा साङसी प्रान्तस्थित एक गाउँको चिहानबाट १४ महिलाका शव चोरी भएको बीबीसीले जनाएको छ ।


चिनियाँ प्रहरी कफिनसहित हराएको शवको खोजीमा लागिपरेको विदेशी सञ्चार माध्यमले लेखेका छन् । सन् २००६ को अगस्तमा चीनले आधिकारिक कानुन ल्याएर शव किनबेचमा प्रतिबन्ध लगाएको थियो ।