१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। नेता पुन यतिबेला चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचाररत छन् ।

उनलाई गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो। उपचार सुरू गरेको चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन् । नेता पुनको शरिरमा जण्डिस ९बिलरुविन०को मात्रा समेत घटेर २२ बाट १८ मा झरेको छ।