१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। नेता पुन यतिबेला चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचाररत छन् ।

उनलाई गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो। उपचार सुरू गरेको चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन् । नेता पुनको शरिरमा जण्डिस ९बिलरुविन०को मात्रा समेत घटेर २२ बाट १८ मा झरेको छ।