१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईले एजेन्डा मिलाएर आए पार्टि एकता हुन्छ : आचार्य



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्नो एजेन्डा मिल्ने अन्य दल आफ्नो पार्टिसँग एकता गर्न आए बाटो नछोक्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिको निर्णय सुनाउदै प्रवक्ता सूर्यराज आचार्यले एजेन्डा मिल्ने दलसँग पार्टी एकता र विभिन्न आन्दोलनमा सहकार्य हुने बताएका हुन् । आचार्यका अनुसार पार्टी ठूलो बनाउनेतर्फ ध्यान नभएका कारण वैकल्पिक राजनीतितर्फ लाग्न लागेको प्रष्ट पारेका हुन् ।

तत्काल विवेकशील साझा पार्टिले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गर्न सक्ने संकेत गरेका छन् । भट्टराईले आफ्नो एजेन्डा अनुसार खाका मिलाएर आए एकताको बाटो खुल्ला गरिने आचार्यले बताएका हुन् ।

उक्त सम्मेलनमै आचार्यले पार्टीका एक संयोजक मध्येका उज्वल थापा र अन्य १६ जना केन्द्रीय सदस्य छापामार शैलीमा पार्टी छाडेर गएको दुखेसो पोखेका छन् ।