

काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्नो एजेन्डा मिल्ने अन्य दल आफ्नो पार्टिसँग एकता गर्न आए बाटो नछोक्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिको निर्णय सुनाउदै प्रवक्ता सूर्यराज आचार्यले एजेन्डा मिल्ने दलसँग पार्टी एकता र विभिन्न आन्दोलनमा सहकार्य हुने बताएका हुन् । आचार्यका अनुसार पार्टी ठूलो बनाउनेतर्फ ध्यान नभएका कारण वैकल्पिक राजनीतितर्फ लाग्न लागेको प्रष्ट पारेका हुन् ।
तत्काल विवेकशील साझा पार्टिले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गर्न सक्ने संकेत गरेका छन् । भट्टराईले आफ्नो एजेन्डा अनुसार खाका मिलाएर आए एकताको बाटो खुल्ला गरिने आचार्यले बताएका हुन् ।
उक्त सम्मेलनमै आचार्यले पार्टीका एक संयोजक मध्येका उज्वल थापा र अन्य १६ जना केन्द्रीय सदस्य छापामार शैलीमा पार्टी छाडेर गएको दुखेसो पोखेका छन् ।