२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक कता गायब भइन् राजदूत लक्की शेर्पा ? सरकार र नेकपालाई पनि पत्तो छैन !



अ+ अ-

काठमाडौँ । विवादास्पद राजदूत लक्की शेर्पा अहिले कहाँ छिन् ? यसबारे जानकार हुनुपर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बेखबर छन् ।

नेकपाका अध्यक्षद्वयले ‘राजीनामा दिएर छानवीनलाई सहज बनाउनु’ भनी दिएको निर्देशनपछि हो, लक्की एक्कासी सार्वजनिक सम्पर्कबाहिर रहेको । नत्र, एउटा देशको लागि तोकिएको राजदूत सम्बन्धित देशमा भए त्यहाँको विदेश मन्त्रालयसँग, आफ्नो देशमा भए सम्बन्धित मन्त्रालयसँग नियमित सम्पर्कमा रहनुपर्छ । तर, लक्की अहिले न परराष्ट्रको सम्पर्कमा छिन्, न उनको पार्टी नेकपाकै जानकारीमा ।

राजीनामा दिइस्केपछि हैसियत फेरिने, बरबुझारथ गर्न जाँदा सामान्य हैसियतामा जानुपर्ने, उता उजुरी दर्ता भएको अवस्थामा यताको पद छाडेर जाँदा कूटनीतिक उन्मुक्ति ‘डिप्लोमेटिक इम्युनिटी’ नपाइने, बयान दिन प्रहरी चौकी र अदालत धाउनुपर्ने, उस्तै परे समातिन सक्नेजस्ता उप्ठेरो पार्टी अध्यक्षलाई सुनाएकी थिइन् । यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

अष्ट्रेलियन प्रहरीले पदीय हैसियतमा रहुन्जेल नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन । त्यसैले उनी एकचोटी पदमा रहेकै बेला अष्ट्रेलिया पुगेर फर्किने चाहना रहेको बताइन्छ । यही जटिलताका कारण लक्कीले राजनीनामा दिने कहिले ? वा मन्त्रिपरिषद् बैठकले उनीबारे केही न केही निर्णय लिने कहिले रु टुंगो छैन । तर, अष्ट्रेलियाको राजदूत बन्नको लागि बिहान–बिहानै नेताकहाँ देउसी खेल्नेहरु निस्किसके । संसदका महासचिव मनोहरप्रसाद भट्टराई तीमध्येका प्रमुख दाबेदार हुन् ।